धरानमा भेटिएको बम नेपाली सेनाद्धारा डिस्पोज

 

फागुन २६, धरान ।  धरानको वडा नं १ र १४ को सिमाना पर्ने सिंहदेवी चोक देखि उत्तर दन्तकाली जाने बाटो छेउको जंगलमा बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको मोरङ याङशिलास्थित कालीशक्ति गणबाट आएको बम डिस्पोजल टोलीले केही आज दिउँसो २ बजे डिस्पोज गरिसकेको छ । 

डिस्पोज टोलीका एक सुरक्षा अधिकारीले अलि अलि विष्फोटक पदार्थ जस्तो भेटिएकोले फरेन्सिक जाँचमा पठाइने बताएका छन् । शंकास्पद बस्तु थियो, त्यसमा अलिअलि विष्फोटक पदार्थ फेला पार्यौ, फरेन्सिक जाँचमा पठाउछौ केही समयका लागी हामीलाई काम गर्न दिनुहानेस उनले पत्रकार संग भने ।’ 

null

बम विष्फोट भएको केही तलतिर रहरेका नेश्नल उच्च मा.बि. का सुरक्षा गार्ड पशुपति तामाङले जंगलकाे भुुइमा लडिरहेको अवस्थामा उक्त शंकास्पद बस्तु देखेपछि विद्यालयलाई जानकारी गराएको र विद्यालयले प्रहरीलाई खबर गरिएको शिक्षक श्रीशिशा राईले जानकारी दिए । 

गएको निर्वाचनको बेला चुनाव बहिष्कार गरेको नेत्रबिक्रम चन्द नेतृत्वको पार्टीले धरानको विभिन्न ठाउँमा बम राखेको समेत सबैले शंका गरेको छ भने आज धरानमा भेटिएको शंकास्पद बस्तु पनि त्यसै बेला राखिएको हुनसक्ने सुरक्षा कर्मीहरुको अनुमान छ । सशस्त्र प्रहरीका डिएसपी देवराज विष्टका अनुसार पार्सल पठाउँदा बेरिने टेपले बेरिएको अवस्थामा ब्याट्री साइजको बस्तु भेटीएको त्यसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जानकारी दिए । हाल त्यहाको अवस्था सामन्य रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *