प्राविधिक शिक्षा सञ्चालनमा प्रभावकारीता विषयक अन्तक्रिया

चैत्र ९, चितवन । पूर्वी चितवनको रत्ननगरमा प्राविधिक शिक्षा सञ्चालन र यसको प्रभावकारिताको विषयमा अन्तक्रिया भएको छ । रत्ननगर नगरपालिकाले पञ्चकन्या मावि, बैरिया मावि र जनजागृती माविमा सुरु गरेको प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन नगर भित्रका सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेको हो । 

कार्यक्रममा तीन विद्यालयमा प्राविधिक शिक्षा पढने विद्यार्थीहरुको जिल्ला भित्रबाट सहभागिता बढाउन गर्नुपर्ने पहलका विषयमा छलफल गरिएको रत्ननगर नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष केशब आचार्यले जानकारी दिए । कार्यक्रममा बोल्दै मेयर नारायण वनले पूर्वी चितवनलाई शैक्षिक हव बनाउन सकिने बताए । उनले देशभरका विद्यार्थीहरु पढनका लागि पूर्वी चितवन जानु पर्छ भन्ने सन्देश दिने गरी यस क्षेत्रलाई शैक्षिक विकासको धरोहरको रुपमा विकास गर्ने योजना रहेको बताए । 

 

null

कार्यक्रममा जनजागृती मावि प्रधानाध्यापक विनोद प्रसाद अधिकारी, पञ्चकन्या माविका प्रधानाध्यापक मेघनाथ दुवाडी र बैरिया माविका कार्यक्रम संयोजक योगेन्द्र पन्तले प्राविधिक शिक्षाको कक्षा सञ्चालनको लागि आइपर्ने समस्या र सामधानको विषयमा जानकारी गराएका थिए । 

कार्यक्रममा नगर शिक्षा समितिका सदस्य तथा स्काइराइडर आमाविका प्राचार्य मदन पुरीले तीनबटा सामुदायिक विद्यालयमा सुरु गरिएको प्राविधिक शिक्षामा भर्ना भएका अधिकांस विद्यार्थी प्रदेश नं २ का रहेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल शिक्षक संघ चितवनका अध्यक्ष डा.हरि कँडेल, नगर शिक्षा समिति सदस्य विष्णु पौडेल, बैरिया माविका प्रधानाध्यापक यवराज शर्मा पौडेल लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =