चर्चा चुलिँदै डम्बर र पर्शुको ‘प्या प्या झ्याम झ्याम, नाँच्छु बिहेमा घनश्याम’ (अडियोसहित)

 

चैत ५, काठमाडौं । गायक डम्बर नेपाली र पर्शु गिरीको नयाँ गीत ‘प्या प्या झ्याम झ्याम झ्याम’ ले अडियो गीतमै दर्शक श्रोताको मन जितिसकेको छ । केहिदिन अघि मात्र सार्वजनिक भएको डान्सिङ नम्बरको उक्त गीतको भिडियो कहिले आउँछ भनेर दर्शकहरु व्यग्र प्रतिक्षामा छन् । गीतले नेपाली परिवेश रिति तथा रहनसनलाई केलाएको मात्र छैन, लोकउन्मुख बाजागाजाको धुन हालेर गीत भिन्न किसिमको बनाइएको छ । 

‘प्या प्या झ्याम झ्याम,नाँच्छु बिहेमा घनश्याम’ हाँस्य, डान्सिङ र मेलोडी मिसिएको यो गीतको शब्द र संगीत रुपेश ढुङ्गनाको रहेको छ । गीतको रिकेश गुरुङले एरेन्ज गरेका हुन् । 

null

गीतको भिडियो केहि दिनमै सार्वजनिक हुने बताइएको छ । गीत अनुसारको भिडियोको कन्सेफ तयार भईरहेको गायक पर्शु गिरीले बताए । ‘गीतको राम्रो प्रतिक्रिया आईरहेको छ, भिडियोले गीतलाई अझ राम्रो बनाउने विश्वास छ,’ गायक पर्शुले भने । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *