मेलिना राईको आवाजमा ‘कति बोलाउ निर्मोहीलाई’ सार्वजनिक

काठमाडौं, ११ चैत्र । अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको आधुनिक गीत ‘कति बोलाउ निर्मोहीलाई’को म्युजिक भिडियो BODHI HD को यूट्यूब च्यानल https://youtube.com/bodhihd बाट सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द/रचना तथा डा किराँतको संगीत रहेको यस गीतलाई नेपाली चलचित्रका चर्चित निर्देशक नारायण पुरीले निर्देशन गरेका हुन भने लोकप्रिय नेपाली साङ्गीतिक समूह ‘कर्मा ब्याण्ड’का लिड भोकलिष्ट सुरेन्द्रमान सिंहको छायाँङ्कन रहेको छ । भिडियोलाई बद्री लामिछानेले सम्पादन गरेका हुन् । 

“आधुनिक विधाको यो गीतलाई मेलीना राईको आवाज अत्ति सुहाएको छ । मलाई आशा छ माया, संयोग र विछोडका प्रसङ्ग समेटिएका शब्दहरुलाई आदरणीय श्रोता, दर्शकहरुले मन पराउनुहुनेछ । गीतको छायांकन तथा प्राविधिक कुराहरुमा कुनै किसिमका सम्झौता गरेका छैनौं । छायांकनका लागि रोजिएका स्थानहरु रमणीय छन् भिज्वली सुहाएका छन् ।” रचनाकार पौडेलले बताउनुभयो । 

रचनाकार पौडेलले यसअघि सफल चलचित्रहरु रुद्रप्रिया, राज्जा रानी लगायत दर्जनौं चलचित्र निर्माण गरिसक्नु भएको छ । पौडेल नेपाली रेडियो, टेलिभिजन तथा डिजिटल टेलिभिजन अध्ययन तथा स्थापनामा एउटा स्थापित संचार उद्यमी हुनुहुन्छ । निरन्तर साहित्य सृजनामा सक्रिय लेखक पौडेलका अन्य गीतहरु पनि सार्वजनिक हुने तयारीमा छन् । 

null

टेक्सासका तालतलैया देखि विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको यस गीतमा दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेकी सुनिक्षा मैनालीले अभिनय गरेकीछिन । भर्जिनिया निवासी मैनालीले अभिनेता दिलिप रायमाझीदेखि अन्य धेरै चर्चित अनुहारहरुसंग भिडियोमा अभिनय गरी सकेकी छिन् । उनको जोडीका रुपमा राकेश सहनी देखिएका छन् । रमेश एमके पौडेलको शब्द रचना रहेको गीतलाई BODHI HD को निर्माण तथा 8848 मिडिया हाउसको सहकार्य रहेको छ । 

डा किराँतको संगीत रहेको गीतसंगै पौडेलको रचना सहितको ५ वटा गीत समावेश रहेको एल्बम ‘सम’ छिट्टै बजारमा आउँदैछ । एल्बममा रामकृष्ण ढकाल, राजेश पायल राई लगायतको स्वर तथा कन्काईष्ट राईको सङ्गीत रहेको छ । गीतकार पौडेलले टेक्ससमा बसेर अनलाईन टिभी, रेडियो तथा म्युजिक भिडियो तथा चलचित्र निर्माण सम्बन्धी काम गदै आएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *