हुन्डीमार्फत कोरियाबाट वार्षिक ४४ अर्ब नेपाल भित्रिदै

काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स कम्पनी तथा बैंकिङ प्रणालीबाट १८ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ सोमबारका लागि तोकिएको अमेरिकी डलरको खरिदर अनुसार भित्रिएको देखिन्छ । यो रकम सोही अवधिमा कोरियामा नेपालीले गरेको आम्दानीभन्दा करिब ४४ अर्ब ६५ करोड रुपैयाँले कम हो । 

रोजगारका लागि दक्षिण कोरिया पठाउने सरकारको आधिकारिक निकाय ‘इम्प्लोइमेन्ट परमिट सिस्टम इपिएस शाखा कार्यालय अनुसार दक्षिण कोरियामा नेपाली कामदारले प्रत्येक वर्ष न्यूनतम ६३ अर्ब रुपैयाँ कमाइ गरिरहेका छन् । 

null

 

त्यसो हुँदा बैंकिङ प्रणालीबाट नेपाल भित्रिने र कामदारले कमाइ गरेको रकमको अन्तर ४३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ । अन्तर देखिएको सोही रकम हुन्डीमार्फत नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले समेत यो तथ्यलाई स्वीकार गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार दक्षिण कोरियाबाट ठूलो परिणामको रेमिट्यान्स हुन्डीमार्फत नेपाल भित्रिन्छ । 

करिब २५–३० प्रतिशत रकम मात्रै औपचारिक प्रणालीबाट आउने गरेको उनले बताए । उनले भने, ‘सुरु–सुरुमा त २–३ प्रतिशत रकम मात्रै बैंकिङ प्रणालीमार्फत भित्रन्थ्यो अहिले केही बढे पनि धेरै इन्फर्मल च्यानलबाट आउने गर्छ,’ उनले भने, ‘कोरियामा नेपालीले गर्ने आम्दानीलाई अझै पनि पूर्णरूपमा औपचारिक माध्यममार्फत भित्र्याउन सकिएको छैन ।’ कृष्ण रिजाल र टेकराज थामीले लेखेको समाचार नयाँ पत्रिका छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *