इलामको चियाबारी पर्यटकको आकर्षक गन्तव्य

 

चैत ४, विराटनगर ।  इलामको सुर्योदय नगरपालिका स्थित कन्यामको चियाबारी आन्तरिक तथा बाह्य पर्यटकको अकर्षणको गन्तव्य बनेको छ । दक्षिण पूर्वी इलामको कन्याम स्थित चियाबारीबाट धेरै स्थानको सुन्दर दृष्यावलोकन तथा रमणीय चियाबारीमा पुगेर मनोरञ्जन लिनका लागि पर्यटकहरुको आकर्षक गन्तब्य बनेको हो । 

चारआलीबाट उकालो लागे पछि प्राकृतिक सुन्दरतामा हराउँदै नागबेली झैँ घुमेको सडकमा यात्रा गर्दा जो कोहिलाई पनि आनन्दित बनाउँछ । 

null

यसरी पुग्ग सकिन्छ कन्याम इलामको रमणिय र प्राकृतिक सौन्दर्यताको अनुपम उपहार हो कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम मेची राजमार्गमै पर्ने हुँदा सहजै पुग्न सकिन्छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको झापाको चारआलीबाट देब्रे मोडिएर ३९ किलोमिटर उकालो लागे पछि करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ कन्याम । चारआलीबाट उकालो लागे पछि प्राकृतिक सुन्दरतामा हराउँदै नागबेली झैँ घुमेको सडकमा यात्रा गर्दा जो कोहिलाई पनि आनन्दित बनाउँछ । 

 

नेपाल र भारतको सीमा पशुपतिनगर बजारबाट १५ किलो मिटरको दुरीमा रहेको कन्याम पशपतिनगरबाट करिब आधा घण्टाको यात्रा गरे पछि फिक्कल पुगिन्छ र देब्रे तर्फ मोडिएर करिब दश मिनेटको यात्रा पछि आकर्षक पर्यटकिय सथल कन्याम पुग्न सकिन्छ । त्यस्तै इलाम सदरमुकामबाट करिब दुई घण्टाको यात्रामा पुग्न सकिन्छ । यतायातको सहज पहुँच रहेकाले त्यहाँ सहजै आवतजावत गर्न सकिने कन्याम पर्यटन विकास संस्थाका अध्यक्ष तथा होटल व्यवसायी टेकराज गिरिले बताए । केहि समय पहिले सम्म हुरहुरे कमानको नामले चिनिने कन्याम पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । 

 

यसकारण पर्यटक कन्याम पुग्छन् बक्लो हुस्सु र चिसो हावापानीका कारण कमै मात्र मानिसहरुको आवतजावत हुने कन्याममा अहिले बाह्रै महिना पर्यटकहरुले खचाखच हुने गरेको अध्यक्ष गिरिले बताए । उनले भने ‘इलामको चियाबारी त्यसै पनि प्राकृतिक रमणीय र शुन्दर छ । यस बाहेक यहाँबाट कञ्चनजंघा हिमाल, नेपाल तथा भारतका अधिकांश ठाउँहरु देख्न सकन्छ । अझ यहाँ बाह्रै मास चिसो मौसम हुनाले पनि गर्मी छल्न, मनोरञ्जन गर्न, नयाँ वर्ष बनाउन र पिकनिक खेल्ल पर्यटहकहरु आउनु हुन्छ भने चिया खेतीको अध्ययन अनुसन्धानका लागि पनि आउनुहुन्छ ।’ 

 

कन्यामको चियाबारीमा तराईतिर गर्मी बढ्दा गर्मी छल्न आउनेको घुइँचोनै लाग्ने गरेको छ । मेची राजमार्ग अन्तर्गत सूर्योदय नगरपालिकामा पर्ने कन्याममा बिदा मनाउन, घुमफिर गर्न, माया प्रेम साट्न, बनभोज खान तथा शैक्षिक भ्रमणका लागि कन्याम आउनेको घुइँचो लाग्ने गरेको छ । नजिकै रोङ गाउँपालिका स्थित सानो पाथिभरा देवी मन्दिर दर्शन गर्न आउने भत्तजनहरु पनि एकपटक कन्याम नपुगी फर्कँदैनन् । पर्यटकले कन्याम पुगेर प्राकृतिक सुन्दरतामा हराउने र आफूलाई आनन्दित पार्ने गरेका छन् । बिदाको दिन र विशेष दिनहरुमा त पर्यटकहरुको भीडका कारण मेची राजमार्ग आवतजावत गर्न समेत समस्या हुने गरेको छ । 

बाह्रै महिना रहने चिसोे हावापानी , लहरै मिलेर डाँडै ढाक्ने गरी रहेको चिया बगान, लभडाँडा , देउराली डाँडा, हावासँगै सुसाउने सल्ला घारी र लेप्चा र नेवार जातीको परम्परागत सांस्कृतिक र ग्रामीण रहनसहन र रीतिरिवाज यहाँका प्रमुख आकर्षणहरु हुन् । पर्यटकहरुले पनि इलामको प्राकृतिक शौन्दर्यमा रमाउन पाउँदा आनन्दको अनुभुति हुने गरेको बताएका छन् । उनीहरुले कन्यामको शुन्दरता हेर्नकै लागि टाढा टाढाबाट आफुहरु आउने गरेको बताए । 

 

 मौसम सफा भएको दिन उत्तरतर्फ मुसुक्क मुस्कुराएर पर्यटकहरुलाई स्वागत गरिरहेको कञ्चनजंघा हिमाललाई आफ्नै आँखा अगाडी निँयाल्न सकिन्छ भने दक्षिणतर्फ तराईका विशाल समथर फाँट र नदीनाला अवलोकन गर्न सकिन्छ साथै इलाम, झापा र भारतका विभिन्न स्थानहरुको पनि अवलोकन गर्न सकिन्छ । 

झापाका राजेन्द्र केरुङ लिम्बुले भने ‘ यो विश्वकै राम्रो चिया बगान हो । पर्यटकीय क्षेत्र पनि हो । यसको क्रमिकरुपले विकास पनि हुँदैछ । पहिले खाने बस्ने प्रयाप्त सुविधा थिएन तर अहिले निकै सुविधा थपिँदै गएको रहेछ । मलाई नेपालकै सवै भन्दा राम्रो ठाउँनै यहि लाग्छ, त्यहि भएर बेला बेलामा म आइरहन्छु ।’ मौसम सफा भएको दिन उत्तरतर्फ मुसुक्क मुस्कुराएर पर्यटकहरुलाई स्वागत गरिरहेको कञ्चनजंघा हिमाललाई आफ्नै आँखा अगाडी निँयाल्न सकिन्छ भने दक्षिणतर्फ तराईका विशाल समथर फाँट र नदीनाला अवलोकन गर्न सकिन्छ साथै इलाम, झापा र भारतका विभिन्न स्थानहरुको पनि अवलोकन गर्न सकिन्छ । 

यी नै सौन्दर्यतामा लोभिएर इलाम, झापा, पाँचथर, मोरङ साथै देशका सवै भूभाग, भारतको दार्जेलिङ, सिक्किम, मिरिक, सिलिगुडी, कलकत्ता, लगायत भारतका विभिन्न ठुला शहरहरु तथा युरोप, अमेरीका, जापान लगायतका तेस्रो मुलुक बाटसमेत पर्यटकहरु बर्षेनी कन्याम आउने क्रम बढेको अध्यक्ष गिरिले जानकारी दिए । उनले कन्याम पारिवारिक घुमफिर, बनभोज, शैक्षिक भ्रमण तथा डेटिङ स्पटका लागि आकर्षक गन्तव्य बनेको बताए । 

 

उनले भने ‘यहाँ लब डाँडामा चौतरा निर्माण गरिएको छ । जुन अग्लो ठाउँ पनि हो । यसबाहेक नगरपालिकाकै पहलमा शहिद पार्क पनि निर्माणाधिन अवस्थामा छ । सार्बजनिक शौचालयहरु प्नि निर्माणको क्रममा छ । पर्यटकको सुविधाका लागि हामी क्रमश काम गर्दै गएका छौँ । यहाँ संसारका प्राय सवै देशबाट पर्यटकहरुको आगमन भइरहेको छ । यसले हाम्रो व्यपार व्यवसाय पनि फस्टाएको छ ।’ 

घोड चढी र सेल्फीकन्यामको चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम पर्यटकहरुको प्रमुख आकर्षण हो । ग्रामीण परिवेशमा घोडा चढ्नु नौलो नभए पनि सहरी परिवेशका तथा बाह्य पर्यटकहरुका लागि नौलो र आकर्षक काम बनेको छ । त्यस्तै घोडासँग सेल्फी खिन्च पनि पर्यटकहरु आतुर हुन्छन् । करिब ५ वर्ष अघिदेखी पर्यटकलाई घोडामा चढाएर सो क्षेत्रमा घुमाउँदे आएका डिबि मोक्तानले भने ‘हामीले पर्यटकहरुका लागि घोडामै चढाएर कन्यामको चियाबारी घुमाउन थालेको केहि वर्ष भयो । हामी न्यूनतम शुल्कमा हर्स राइड गराउँछौँ । राइड गर्न नचाहनेहरुका लागि घोडामा चढेर फोटो खिच्ने अबसर समेत मिलाएका छौ ।’ 

 

इलामको कोशेली लैजान्छन पर्यटक कन्याममा पर्यटकको आकर्षणसँगै आसपासको क्षेत्रमा आन्तरिक ब्यापार समेत बढेको छ । इलामको कोशेली स्वरुप अर्थोडक्स चिया, छुर्पी, ललिपप, पुष्टकारी ,बम्बाइसन, अकबरे खुर्सानी जस्ता परिकाहरु पर्यटकको रोजाईमा पर्ने भएकाले व्यपार व्यवसाय समेत फस्टाएको छ । स्थानीय व्यवसायी विशाल तामाङले भन्छन् ‘यहाँ प्रशस्त मात्रामा स्थानीय उत्पादनहरु आगन्तुक पर्यटकहरुले किनेर कोशेलीका रुपमा लाने गर्नुभएको छ । कन्याम भ्रमणकै लागि आउने र बाटोमा हिँड्ने जो कोहीले पनि हाम्रा उत्पादन किनिदिनुहुन्छ । यसले हाम्रो रोजिरोटी समेत राम्रैसँग चलेको छ ।’ 

 

कन्यामका समस्या कन्यामको सुन्दरतामा रमाउनेहरु धेरै भएपनी समस्या र चुनौतीहरु भने नभएको भने हैन । पर्यटकिय गन्तव्य भए पनि प्रशस्त मात्रामा पानी उपलब्ध नहुने गरेको पर्यटकको गुनासा छन् । 

घुमफिर तथा बनभोजका लागि आउँदा पानी नपाएको गुनासो पर्यटकहरुले गर्ने गरेका छन भने सार्वजनिक शौचालयको अभावमा पर्यटकहरुलाई समस्या हुने गरेको छ । यद्यपी अहिले सार्वजनिक शौचालय निमाणाधिन अवस्थामा छ । तर हाल उक्त सुविधा नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ । चितवनबाट भ्रमणमा आएका हेमरत्न घिमिरेले भने ‘कन्यामको सुन्दरता  शब्दमा बर्णन गर्न सकिँदैन । सहकारी संस्थाबाट हामी अवलोकन भ्रमणमा आएका हौँ, तर यहाँ शौचालयको प्रवन्ध रहेनछ । पानीको पनि अभाव पाइयो । यी कुरा पूर्ण भए धेरै राम्रो हुने थियो ।’ 

 

पर्यटकहरुक बढेसँगै कन्याम क्षेत्रमा फोहोरमैलाको मात्रा समेत बढेको छ । यसले कन्यामको सुन्दरतामा प्रत्यक्ष प्रभाव पारेको छ । पार्किङ्गको सुविधा नहुनु पनि कन्यामको अर्को समस्या हो । मेची राजमार्गमा पार्किङ्ग स्थल नभएका कारण नजिकै को श्री कृष्ण आश्रम उच्च मा. विको प्राङ्गणमा सवारी पार्किङ्ग गर्नुपर्ने बाध्यता पर्यटकको छ । जसले गर्दा विद्यालयको पठनपाठनमा समेत प्रभावित हुने गरेको छ । 

अव्यवस्थित पार्किङ्ग कै कारण बेलाबेला सवारी दुर्घटना समेत हुने गरेको छ । यस तर्फ नगरपालिका र सम्बन्धित निकायको ध्यान जान सके कन्यामलाई दिगो पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्न सकिने देखिन्छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *