प्रदेश १ को समृद्धि र विकासका लागि पालिकासंघ र महासंघको १४ बुँदे सुझाव

 

चैत ४, विराटनगर । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ ले प्रदेशको समृद्धि र समग्र विकासका बिषयलाई लिएर मुख्यमन्त्री शेरधन राईलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ । 

प्रदेशको समग्र विकास र समृद्धि, प्रदेश सरकार र स्थानीय तहबीचमा हुने समन्वय र सहकार्यका क्षेत्रहरु र स्थानीय सरकारसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेशबाट तर्जुमा भएका एवम् हुनुपर्ने कानुनहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो । 

null

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ ले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ का संयोजक महेश बस्नेतले नेपालको संविधान र संघीयता कार्यान्वयनका लागि ३ तहका सरकारहरुको कार्यदक्षता प्रभावकारी हुनुपर्ने र प्रदेश सरकारको नीतिगत एवम् संस्थागत संरचना बलियो भएमा मात्र स्थानीय सरकारहरु प्रभावकारी हुने भन्दै ध्यानाकर्षण गराएका थिए । 

सो अवसरका मुख्यमन्त्री शेरधन राईले गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को १४ बुँदे ध्यानाकर्षण पत्रमा भएका सुझावहरु मनन् योग्य रहेकाले सोही अनुसार आफूहरु पनि अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रदेश सांसदहरुले प्रदेशको अधिकार संघीय सरकारले खास्तै लगेको आरोप लगाएका थिए । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का प्रमुखसचिव केदार न्यौपानेले योजनाबद्ध र दिर्घकालीन रुपमा रणनीति बनाएर कामलाई अगाडि बढाउन आग्रह गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *