भुटानविरुद्ध नेपालको ३ गोल

 

फागुन २८, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली पाँचौं महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज भुटानविरुद्ध खेलिरहेको छ । 

भुटानविरुद्धको मंगलबारको खेलमा नेपालले ३–० को अग्रता बनाएको छ । दोस्रो हाफको ५४ औँ मिनेटमा नेपालकी निरु थापाले नेपालका लागि तेस्रो गोल गरेकी हुन् । 

null

विराटनगरको सहिद रंगशालामा भएको खेलमा सुरुवातबाटै आक्रमक खेलेको नेपालले खेलको १३ औँ मिनेटमा मन्जिलीकुमारी योञ्जनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको खेल सकिँदा नेपालले २–० को अग्रता बनायो । खेलको १६ औँ मिनेटमा सावित्राले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । 

नेपालले भुटानविरुद्ध खेलेका चारै खेलमा जित निकालेको छ । पछिल्लो पटक २०१४ र २०१६ को साफ च्याम्पियनसिपमा नेपालसँग प्रतिस्पर्धा गरेको भुटान ८९० को गोलअन्तरले पराजित भएको थियो । 

पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेका साफ च्याम्पियनसिपमा नेपाल उपाधिको लक्ष्यमा छ । समुह एमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसंग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *