नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

विराटनगर, २७ फागुन । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो ।  

फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबल तर्फ एमवीवीएस आठौं ब्याचका बिद्यार्थीलाई पराजित गर्दै सुरक्षा गार्ड समुह बिजयी बन्यो । महिला फुटबलमा एमवीवीएस १० ब्याचलाई हराउँदै एमवीवीएस ९ ब्याच बिजयी भयो ।  

 

null

यता पुरुष क्रिकेटमा एमवीवीएस ११ ब्याच लाई पछि पार्दै १२ ब्याच बिजयी बन्यो भने महिला क्रिकेटमा पनि एमवीवीएस ११ ब्याचलाई पराजित गर्दै १२ ब्याच बिजयी भएको छ । त्यस्तै पुरुष र महिला दुवै तर्फ भएको ५ किलोमिटर म्याराथनमा एमवीवीएसका दिनेश हस्दा र संयोजना गुरुङ बिजयी भए ।  

बिजयी टिम र खेलाडीलाई समापन कार्यक्रममा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सोहि अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । फियस्टालाई यसबर्ष सेन्टर मलले प्रायोजन गरेको हो । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययन गर्दै आएका छन् । 

 

  

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *