कोपा डेल रे : भ्यालेन्सियाले बेटिसलाई पराजित गरेपछि बार्सिलोनासँगको उपाधि भिडन्त पक्का

एजेन्सी । भ्यालेन्सियाले स्पेनिस कोपा डेल रे मा रियल बेटिसलाई समग्रमा ३–२ गोलअन्तरले पराजित गरेपछि बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको छ । पहिलो लेगमा २–२ गोलको बराबरी भए पनि घरेलु मैदानमा भएको दोस्रो लेगमा भ्यालेन्सियाका लागि रोनी रोड्रिगोले गरेको गोल निर्णायक बन्यो । 

पहिलो लेगमा अन्तिम समयमा बराबरी गोल फर्काएका केभिन गेमिरोको पासमा ५६ औं मिनेटमा रोड्रिगोले गोल गरेका हुन् । चीर प्रतिस्पर्धि रियल मड्रिडलाई समग्रमा ४–१ गोलअन्तरले पछि पार्दै साविक विजेता बार्सिलोना यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । 

सेमिफाइनलबाट बाहिरिएसँगै रियल बेटिसले आफ्नै मैदानमा हुन लागेको कोपा डेल रे फाइनल गुमाएको छ । बार्सिलोनाले कोपा डेल रे मा कीर्तिमान ३० उपाधि जितिसकेको छ । त्यस्तै पछिल्लो चार सिजन बार्सिलोना मात्र विजयी हुँदै आएको छ । यस सिजन महत्वपूर्ण तीन उपाधि जित्ने अवसर पनि बार्सिलोनाका लागि अझै जीवित छ । 

null

भ्यालेन्सियाले भने पछिल्लो पटक सन् २००८ मा कोपा डेल रेको उपाधि उचालेको थियो । तत्कालीन प्रशिक्षक रोनाल्ड कोम्यान र खेलाडीहरु डेभिड सिल्भा, जुहान माटा र डेभिड भियाका कारण त्यो सम्भव भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =