हरिनगरमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति

 

चैत्र १४, इनरुवा ।  सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । 

null

दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताए । हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताए । घरमा आगलागी भएपछि जैन परिवार चिन्तित भएका छन् । 

कमाइ गरेर खाने एक मात्र साधनको रुपमा रहेको पसल पनि आगलागीमा परेर खरानी भएपछि पीडित परिवार चिन्तित छन् । स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बरुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *