सातौ नेवा च्यारटी १० के रनमा तीर्थ पुन र कान्छी माया कोजु विजेता

 

फागुन २५, धरान । धरान १० किलोमिटर सातौ नेवा च्यारटी दौड प्रतियोगितामा खुला स्पर्धातर्फ बाग्लुङका तीर्थ पुन चौथो पटक विजेता भएका छन् । सुनसरीको धरानमा आज शनिबार बिहान सम्पन्न दौड प्रतियोगितामा पुनले निर्धारत दुरी ३१ मिनेट १६ सेकेण्डमा पार गर्दै प्रथम भएका हुन् । भारतीय सेनामा कार्यरत उनले नेवा च्यारिटी दौड निरन्तर जितेको यो चौथो पटक हो ।  

यसैगरि, पर्वतका अनिष थापाले ३१ मिनेट २२ सेकेण्डमा पार गर्दै दोस्रो भए भने नेपाल आर्मीका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे । 

null

महिला खुला स्पर्धातर्फ एपिएफकी कान्छीमाया कोजु विजेता भइन् । उनले निर्धारित १० किलोमिटरको दुरी ३७ मिनेट ४७ सेकेण्डमा पार गरेकी थिइन । यस्तै, ३८ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो हुँदा ३८.४७ मिनेटमा दुरी पार गर्दै एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । 

खुला पुरुष र महिला तर्फका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।प्रतियोगितामा १६ बर्ष मुनिका उमेर तर्फ पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, अछामका प्रविण कुमार बोहरा दोस्रो र धरानका किरण लिम्बू तेस्रो भए । महिलातर्फ दमक रनकी मनिषा राई, चन्द्रकला भुजेल र संगीता तामाङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भएकी थिईन । 

 

यस्तै, १२ बर्ष मुनिका उमेरमा पुरुषतर्फ रोदन राई, अनिष खड्का र अशोक तामाङ प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ स्मृति राई, लक्ष्मी भुजेल र प्रकृति भुजेल क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए ।भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम हुँदा निर्मल राई दोश्रो र मंगल राई तेस्रो भए भने, महिलातर्फ रितादेवी राई, भिममाया राई र गंगा गुरुङ प्रथम, दोस्रो र तेस्रो भए । 

दौडमा १६ बर्ष मुनि, १२ बर्ष मुनि र भेट्रानका विजेताहरु प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारे । यस्तै, सुपर भेट्रानतर्फ ६४ बर्ष इन्द्रबहादुर लिम्बूलाई पुरस्कृत गरिएको थियो ।  

 

आयोजक धरान रनले उदयीमान खेलाडीको रुपमा धरानका इन्द्रकला नेम्बाङ निक्की र १३ बर्षीय किरण लिम्बूलाई सम्मान गरेको थियो भने रनर अफ दि इयरको रुपमा धरान रनमा नियमित दौडने ६२ बर्षीय दौलबहादुर राईलाई पनि सम्मान गरिएको थियो । 

विजेता खेलाडी, सम्मानित व्यक्तित्वहरुलाई आयोजक धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि धरान उपमहानगरपालिकाकाी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, बिशिष्ट अतिथि नेपाल एयरलान्यसका क्याप्टेन, अभिनेता विजय लामा लगायतले पुरस्कार वितरण गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *