चितवनमा स्थानीय तहले नै निकासी गर्न थाले नदिजन्य पदार्थ

चितवन, ६ चैत्र । चितवनका स्थानीय तहले नै नदीजन्य पदार्थ उत्खन सुरु गरेका छन् । उत्खननका लागि अधिकार प्राप्त भएपछि यहाँका स्थानीय तहले ढुंगा, गिट्टी उत्खनन् सुरु गरेका हुन् । नदिजन्य पदार्थ उत्खननका लागि दुई पटक सम्म सूचना प्रकाशित भएपनि कुनै फर्मले ठेक्काका लागि आवेदन नहालेपछि स्थानीय तह आफैले निकासी सुरु गरेका हुन् । 

चितवनको रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले संयुक्त रुपमा कयर खोलामा ढुंगा, गिट्टी, बालुवा निकासी खुल्ला गरेको जनाएका छन् । कयर खोला यी दुई नगरपालिकाको सिमाना भएर बग्छ । आइतबारबाट निकासी खुल्ला गरिएको हो । 

नदिजन्य पदार्थ उत्खनन् बापत दुवै नगरपालिकाले साझेदारीमा राजस्व संकलन गर्ने गरी समझदारी भएको खैरहनीका मेयर लालमणी चौधरीले जानकारी दिए । जिल्ला अनुगमन समितिसँगको समन्वयमा उत्खनन्को काम सुरु गरिएको मेयर चौधरीले बताए । यसअघि साविक जिल्ला समन्वय समिति मार्फत नदिजन्य पदार्थ उत्खननका लागि ठेक्कापट्टा हुँदै आएको थियो । प्रति टिप ७ सय ५० रुपैया राजस्व लाग्नेछ । 

null

 

रु १ सय ५० रुपैया लोड गरेवापत एक्साभेटरलाई प्रदान गरिने छ । पहिलो चरणमा कयर खोला पुलबाट तल ३०० मिटर छाडेर उत्खनन् सुरु गरिएको छ । यसैबीच कयर खोलाबाट अबैध रुपमा ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने ट्याक्टर र टिपरलाई २० हजार सम्म जरिवाना गरिने भएको छ । अवैध रुपमा हुदै आएको निकासी रोक्न जरिवना गर्न लागिएको हो । खोलाबाट अबैध उत्खनन् गर्ने ट्याक्टर तथा टिपरलाई २० हजार सम्म जरिवाना गर्ने नियम बनाएका छन् । 

राजश्व छली गरेर सो खोलाबाट अबैध रुपमा ढुंगा, गिट्टी र बालुवा चोरी, निकासी र पैठारी गर्ने ट्याक्टरलाई १० हजार देखि २० हजार सम्म जरिवाना गर्ने नियम बनाएर कार्यान्वय गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । 

पहिलो पटक भेटिएको ट्याक्टर वा टिपरलाई १० हजार जरिवाना र ३ दिन सम्म प्रतिबन्ध, सोही ट्याक्टर वा टिपर दोश्रो पटक भेटिएमा १५ हजार जरिवान र १० दिन प्रतिबन्ध, तेश्रो पटक भेटिएमा २० हजार जरिवाना र एक महिना प्रतिबन्ध र लगातार चौथो पटक सम्म अबैध रुपमा निकासी गरेको पाइएमा ट्याक्टर वा टिपरलाई राजश्व तिरेर पनि निकासी गर्ने नपाउने गरी प्रतिबन्ध लगाइने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =