ब्राजिलमा बाढी र पहिरोमा परी एघार व्यक्तिको मृत्यु

 

फागुन २८, फागुन साओ पाउलो ।  ब्राजिलको ठूलो शहर साओ पाउलो लगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ । 

null

भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जाने सडकमार्ग अवरुद्ध भएको बताइएको छ । साओ पाउलोका कार्यबाहक मेयर इदुवार्दो तुमाले एक रातमा मार्च महिनाभरी पर्ने वर्षाको ८० प्रतिशत वर्षा भएको बताउनु भएको छ । अझैँ पनि वर्षा जारी रहने मौसम विज्ञहरुले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *