श्रीमति हुँदाहुँदै प्रधानाध्यापकले आफ्नै विद्यार्थीलाई गर्भवती बनाए

 

फागुन २३, धरान । धरानका एक प्रधानाध्यापकले आफैंले पढाउने पूर्व छात्रालाई गर्भवती बनाएका छन् । धरान–७ स्थित ल्यावोरेटरी उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक रुद्र लुङ्वाले सोहि विद्यालयमा अध्ययनरत एक भूपू विद्यार्थीलाई गर्भवती बनाएको आरोप छ ।  

विवाहित प्रधानाध्यापक लुङ्वाले सोहि विद्यालयमा अध्ययन गरेकी ३० वर्षिय ती पूर्व छात्रासँग अनैतिक संम्बन्ध कायम गरी गर्भवती बनाएको स्थानीयले बताएका छन् । विद्यालयमा अध्ययन गर्दाका प्रधानाध्यापक रुद्र लुङ्वाले आफु अबिवाहित भएको बताउँदै नियमित शारीरिक यौन शोषण गर्दै आएको दावि गरिएको छ । 

null

प्रधानाध्यापक रुद्रबहादुर लुङ्वाकी श्रीमतीले श्रीमान अर्कैसँग सल्केको थाहा पाएर जिल्ला अदालत सुनसरीमा माना चामलका लागि मुद्दा दायर गरेपछि घटना बाहिर आएको हो । आरोप लागेका प्रधानाध्यापक लुङ्वाले आफुले गल्ती गरेको स्वीकार गरेका छन् । माओवादी द्वन्द्वकालमा पढ्न नपाएकोले उनलाई आफुले पहल गरेर विद्यालय भर्ना समेत गरेको बताउँदै उनीसँग आफ्नो सम्बन्ध रहेको बताउँदै पदीय गल्ती भएको स्वीकारे । 

प्रधानाध्यापक लुङ्वाले विद्यालय ब्यवस्थापन समितिसँग आफुले गल्ती गरेको स्वीरकार्दै अन्यत्र सरुवा गरिदिन समेत आग्रह गरेका छन् । स्रोतका अनुसार उनले पदीय हिसावले आफुले गल्ती गरेको स्वीकार्दै विद्यालय व्यवस्थापन समितिसँग आफुलाई सरुवाको प्रक्रिया गरि दिन एक साता अघि आग्रह गरेका थिए । 

घट्नालाई ढाकछोप गर्दै विद्यालय व्यवस्थापन समितिले पनि सरुवाको लागि निर्णय समेत गरेको बताइएको छ । यस विषयमा प्रधानाध्यापक रुद्र लुङ्वासँग सम्पर्क गर्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *