आज शुक्रबार अमेरिकी डलरसहित घट्यो विदेशी मुद्राको भाउ


काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार बिहिबारको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ ६७ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा तोकेको छ । जुन हिजोको तुलनामा केहि घटेको हो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । बुधबार १ को खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७५ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ ।
null
शुक्रबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रीदर २० रुपैयाँ छ । बिहिबार १ को खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो ।
यस्तै आज कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ २७ पैसा तोकिएको छ । बिहिबार बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९५ रुपैयाँ १५ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
