अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ५ चैत्र । आज मंगलबार सोमबारको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १०९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तोकेको छ । जुन हिजोको तुलनामा घटेको हो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा छ । सोमबार १ को खरिददर २९ रुपैयाँ ४० पैसा र बिक्रीदर २९ रुपैयाँ ५६ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा तोकिएको छ । 

 

null

मंगलबारका लागि यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रीदर २६ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

यस्तै आज कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ १८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १६ पैसा तोकिएको छ । मंगलबार बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ०६ पैसा र बिक्रीदर २९१ रुपैयाँ ६५ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा तोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *