‘सभापतिका कारण पार्टी कमजोर भयो’ डा. कोइराला

चैत्र ९, चितवन । सरकार संघीयता असफल बनाउने खेलमा उद्यत रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आरोप लगाएका छन् । चितवनको रत्ननगरमा शनिवार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै डा. कोइरालाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गर्दै संघीयतालाई कमजोर बनाउन लागेको दावि गरेका हुन् ।  

न्यायपालिकादेखि प्रदेश सरकारलाई अधिकार सम्पन्न वनाउनु पर्नेमा वर्तमान सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको उनको भनाई थियो । जनवादी केन्द्रियतामा विश्वास गर्ने कम्युनिष्ट पार्टीले संघीयता मान्दैन भन्ने उदाहरण पछिल्लो गतिविधीले प्रष्ट देखिएको नेता कोईरालाले बताए ।  

 

null

प्रदेशको पावर घटाउनु, प्रमुख जिल्ला अधिकारीलाई पावर दिनु, सेनालाई आफ्नो मातहतमा राख्न खोज्नु संघीयतालाई असफल बनाउने खेल भएको डा. कोइरालाको भनाइ छ ।  

सरकारले न्यापालिकाको मिलेमतोमा देशलाई विखण्डन गर्छु भन्नेलाई जेलबाट छुटाएर विभिन्न सम्झौता गरेको उनको आरोप छ । फरक प्रसंगमा नेता कोइरालाले कांग्रेस सभापति प्रति इंगित गर्दै गिरोहले नेतृत्व गर्दा पार्टी कमजोर भएको भन्दै नेतृत्वको चर्को आलोचना गरे । 

पार्टीमा गुट उपगुट रहेको स्वीकार गर्दै नेता कोइरालाले पार्टी सभापति शेरवहादुर देउवा अलोकतान्त्रिक हिसावले अघि बढेको बताए । कार्यक्रममा कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ,पूर्व मन्त्रीहरु शेषनाथ अधिकारी, सावित्री वोगटी, क्षेत्रीय सभापति कुमार कार्कीले पार्टीमा गुट उपगुटको अन्त्य गर्दै आगामी निर्वाचनमा वहुमत ल्याउने गरी तल्लो तह सम्म पुग्नु पर्नेमा जोड दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *