पीएसएल: सन्दीप लामिछानेले चार ओभरमा ४६ रन दिएर लिए १ विकेट

एजेन्सी । पाकिस्तान सुपरलिग क्रिकेट पीएसएलमा खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले लाहोर कलन्दर्सबाट चार ओभर बलिङ गर्दा ४६ रन दिएर १ विकेट लिएका छन् । पहिलो ओभरमा १ रन दिएर एक विकेट लिएका सन्दीप व्यक्तिगत दोस्रो ओभरमा ७ रन खर्चन पुगेका थिए । तेस्रो ओभरमा सन्दीपले १२ रन दिए । भने, अन्तिम ओभरमा २६ रन दिन पुगे । 

आजको खेलमा सन्दीपले टिमको तेस्रो ओभरमै व्यक्तिगत पहिलो ओभर बलिङ गरेका थिए । इस्लामावाद युनाइटेडविरुद्धको पहिलो बलमा कुनै पनि रन दिएनन् । दोस्रो बलमा उनले फिलिप साल्टलाई आउट गर्न सफल भए । सन्दीपले फिलिपलाई ह्यारिस सोहेलको हातबाट क्याच आउट गराएका हुन् । तेस्रो र चौथो बलमा कुनै पनि रन नदिएका सन्दीपले पाँचौ बलमा एक रन खर्चिए । छैटौं बलमा लेग बाईको रुपमा इस्लामाबादले ४ रन लिएको थियो । समग्रमा सन्दीपले पहिलो ओभर बलिङ गर्दा १ मात्र रन खर्चिएर १ विकेट लिए । 

 

null

व्यक्तिगत दोस्रो ओभर लिएर टिमको पाँचौ ओभरमा बलिङ गर्न आएका सन्दीपको पहिलो बलमै वाल्टनले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा रन बनाउन नसकेका वाल्टनले तेस्रो बलमा एक रन लिए । चौथो बल डट राखेका सन्दीपले पाँचौ बलमा लेग बाईको रुपमा रन आएको थियो । छैटौं बल पनि वाल्टनले रन बनाउन सकेनन् । 

व्यक्तिगत तेस्रो ओभर लिएर सन्दीप टिमको १० औं ओभरमा आएका थिए । उनले पहिलो बलमै चौका दिएका थिए । क्यामरन डेलपोर्टले रिभरस्वीप गर्दै चौका प्रहार गरेका थिए । त्यसपछि दोस्रो बलमा एक रन लिँदै स्ट्राइक चेन्ज भएपछि वाल्टनले तेस्रो बलमा रन बनाउन सकेनन् । चौथो बलमा एक रन लिँदै स्ट्राइक परिवर्तन भएपछि डेलपोर्टले पाँचौं बलमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा भने कुनै पनि रन बन्न सकेन । 

१६ औं ओभरमा चौथो ओभर लिएर आएका सन्दीपको पहिलो बलमै आशिफ अलीले छक्का प्रहार गरे । दोस्रो बलमा एक रन लिँदै स्ट्राइक परिवर्तन भएपछि डेलपोर्टले तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै शतक बनाएका थिए । पाँचौ बलमा एक रन दिएका सन्दीपले अन्तिम बलमा पनि छक्का खान पुगे । समग्रमा चार ओभर बलिङ गरको सन्दीपले ४६ रन दिएर एक मात्र विकेट हात पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *