आज नेतान्याहु र ट्रम्पबीच भेटवार्ता कार्यक्रम

 

चैत्र ११, वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहुदीहरूको सार्वभौमितालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ । 

सिरियाले १९६७ मा छ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान हाइट्स लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो । अमेरिकाले इजरायलको सार्वभौमिता स्वीकार गर्ने अनुमान गरिएको छ । 

null

आगामी अप्रिल ९ मा इजरायलमा हुन गइरहेको निर्वाचनलाई आभार प्रकट गर्नु नै राष्ट्रपति ट्रम्प एक पाइला अगाडि बढ्नु भएको इजरायली विदेश मन्त्रीले बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङगलबार इजरायलको प्रधानमन्त्री नेतान्याहुको उपस्थितिमा गोलान हाइट्समा इजरायलको सार्वभौमिकताको विषयमा हस्ताक्षर गर्ने बताइएको छ । 

गोलान हाइट्समा इजरायलीको साभौमिकता स्विकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपतिको ट्रम्पलाई पछ्याइ रहेकाे थिए । इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङगत छलफल सोमबार हुने र मङ्गलबार दुई नेताले सँगै खाना खाने कार्यक्रम रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *