हुम्लामा भारी हिमपात, एसईई परीक्षार्थी समस्यामा

 

चैत १२, हुम्ला । हुम्लामा हिमपात हुँदा एसईई परीक्षार्थी समस्यामा परेका छन् । 

हिमपातका कारण चिसो बढेपछि चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षार्थीलाई लेख्न समस्या भएको छ । सोमबार दिनभरि पानी परेको थियो ।  

null

हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए ।  भने आज बिहानदेखि हिमपात शुरु भएको छ । 

सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसइई परीक्षा दिने विद्यार्थीलाई समस्या बनाएको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् । 

हुम्लामा पुस, माघ, फागुनमा पनि लगातार हिमपात भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *