महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्छः मुख्यमन्त्री पोखरेल

 

फागुन २४, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभेदको अन्त्यका लागि महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका नाममा पुराना कथा र कहानीको विश्वासले गर्दा विभेद यथावत् रहेको बताए । उनले भने, ‘पितृसत्ताले सिर्जना गरेका कुरामा सबैभन्दा बढी महिलाले विश्वास गर्छन्, जसको जगमा पितृसत्ता छ ।’ 

null

कार्यक्रममा नेकपाका नेता तथा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले श्रमिकलाई अधिकारविहीन बनाएर मुलुक समृद्ध बन्न नसक्ने धारणा राखे । उनले सबै किसिमका विभेद अन्त्य भएको समाजनै आजको आवश्यकता भएको बताए । 

नेकपाका जिल्ला अध्यक्ष गोपाल भट्टराईले श्रमिकको समान अधिकार स्थापित गर्नु सरकारको दायित्व भएको बताए । 

अगुवा महिला नेत्री मैया भट्टराई, सावित्रा अर्याल, जानकी न्यौपाने, लक्ष्मी कोइरालालगायतले महिलाको योगदानकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएकाले महिला समानता र अधिकारको रक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *