भरतपुरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक जना गम्भीर घाइते

भरतपुर, ५ चैत्र । चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । मोटरसाइकल पछाडि सवार खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको हो । 

त्यस्तै, गम्भीर घाइते मोटरसाइकल चालक धादिङ कयपुर–५ का ३८ वर्षीय सोमनाथ सेढाइँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

 

null

गए राति १ बजे भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९१ प ३४८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई केन्द्रीय बस टर्मिनल चोकको डिभाइडरमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =