कलर ओएस ६ सार्वजनिक: रोचक फिचर्स र आकर्षक डिजाइन

काठमाडौं, १४ चैत । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केही बजारमा भरखरै सार्वजनिक ओपो एफ ११ र एफ ११ प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ । हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृतिकरण र एप ड्रअरपनि उपलब्ध गरिएको छ । 

सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभुमी र सुक्ष्म ग्राडियण्ट अपनाइएको छ । न्यून रेखा, नयाँ आइकन्स, नयाँ गेस्चर र परिस्कृत एनिमेसन सहितको यो ओएस, ओएस परिमार्जन रुचाउनेहरुका लागि राम्रो छनोट हुन सक्छ । 

 

null

कार्यक्षमतामा उत्कृष्टताका लागि हाइपर बुस्ट नाम दिएर यसमा विशेष ब्यवस्था गरिएको छ । ब्यवस्था अन्तर्गत प्रणाली बुस्ट, एप बुस्ट र गेम बुष्ट लगायत पर्दछन् । गेमको मज्जा लिइ रहँदा फोन कल वा नोटिफिकेसनका कारण रुकावत नआओस् भन्ने सोचका साथ यसमा गेम एसिस्टेन्टको ब्यवस्था गरिएको छ । साथै, फोनमा स्क्रिन रेकर्डिङको ब्यवस्थापनि रहेको छ । 

पर्सनलाइज्ड गेमिङ अनुभव दिने सोचका साथ नयाँ ओएसमा गेम स्पेस नामको फिचरपनि उपलब्ध गरिएको छ । ओएस ६मा ईन्टरनेटको समस्याबाट प्रयोगकर्तालाई छुटकारा दिने सोचका साथ वाईफाई र फोरजी कनेक्टिभिटीको एकिकृत प्रयोग गर्ने स्मार्ट डुअल च्यानल नेटवर्क उपलब्ध गरिएको छ । 

त्यसैगरी यसमा राइडिङ मोडको पनि ब्यवस्था गरिएको छ । तर, यसको उपलब्धता परिवहन कार्यका लागि सर्वाधिक रुपमा मोपेडको प्रयोग गरिने देशहरुमा सिमित गरिएको छ । जानकारी अनुसार नोटिफिकेशन म्यूट गर्ने, कल काट्नका लागि म्यासेज गर्ने तथा ध्यान भंग हुने कुनैपनि प्रकारका विचलन रोक्ने यो सुविधा दक्षिण–पूर्वी एसियाली बजारमा मात्र उपलब्ध हुनेछ । 

एण्ड्रोइड पाईमा आधारित कलर ओएस ६मा होम स्क्रिनको बायाँ पट्टीबाट स्वाइप गर्दा उपलब्ध हुने परिमार्जित स्मार्ट एसिस्टेन्ट, नेभिगेसन गेस्चर, परिस्कृत नोटिफिकेसन बार लगायत सुविधापनि उपलब्ध छन् । अहिले अधिकांश कुरा एआईमा आधारित छ । त्यसैले नयाँ ओएसमा उपलब्ध गरिएको सिष्टम स्मार्ट म्यानेजमेन्टले प्रक्रिया नियाल्दै, स्वचालित रुपमा धेरै प्रयोग नहुने ब्याकग्राउण्ड एपहरु रोक्दै ब्याट्री जोगाउने काम गर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *