दुर्लभ बाघ मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पानीमा डुबेको अवस्थामा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । राप्ती नदी किनारस्थित जर्नेलीघाटमा करिब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।  

मृत बाघको शरीरमा घाउ नै घाउ भेटिएकाले अर्को भाले बाघसँग जुधेर मरेको हुन सक्ने घिमिरेको अनुमान छ ।राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत बाघलाई देखेपछि निकुञ्जलाई खबर गरेका थिए । 

पछिल्लोपटक सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । अघिल्लो पटकको गणनामा भन्दा चितवनमा बाघको संख्या घटेको पाइएको थियो । गणना भएयता योसँगै दुईवटा बाघको मृत्यु भइसकेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =