कैलाली जिल्लाको दुर्गम गाउँपालिका महोन्यालमा सोर्य बत्ती जडान हुने

सोल्टा । कैलाली जिल्लाको दुर्गम गाउँपालिका महोन्यालमा सोर्य बत्ती जडान हुने भएको छ । महोन्याल गाउँपालिकाको सोल्टामा पहिलो चरणमा विद्युत वितरण गरिन लागेको हो । झण्डै ७५ किलोवाट क्षमता भएको सर्यौ उर्जाको कारण अब २१७ घर धुरीहरु लाभान्वित हुनेछन् । बैकल्पिक उर्जा केन्द्र र महोन्याल गाउँपालिकाको लगानीमा उक्त सौर्य उर्जा केन्द्र निर्माण भएको हो । 

सोल्टामा बत्ती बल्ने भएपछि स्थानिय निकै खुशी भएका छन् । राजमार्गको लम्कीबाट नजिक भएपनि यस अघि त्यँहा बत्ती बल्न सकेको थिएन । सुङरखाल सौर्य उर्जा मिनी ग्रेट नाम दिएको उक्त केन्द्रबाट उत्पादित बिजुलीबाट बत्ती, फ्रिज र मिल समेत सन्चालन गर्न सकिने स्थानिय अगुवा जयनन्द जैशीले बताउनु भयो । 

स्थानिय उपभोक्ताले १० प्रतिशत लगानी गर्ने भनिएपनि अब सो रकम मोहन्याल गाउँपालिकाले ब्यहोर्ने भएको छ । ३ करोड ७५ लाखमा टेण्डर भएर सौर्य केन्द्रको निर्माण भएको हो । ३७ लाख रुपँया महोन्याल गाउँपालिकाले लगानी गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =