व्याट्री सुकाउने क्रममा व्याट्री पड्किँदा दुबै आँखाकाे ज्याेति गुम्याे

माघ २७, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । 

 जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए । 

सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री सुकाउन जाँदा पड्केर दुवै आँखा बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए। 

null

अहिले पीडित शाहीलाई स्थानीय सर्केगाड स्वास्थ्यचौकीमा उपचार गर्न खोज्दा सम्भव नभएको प्रहरी प्रमुख श्रेष्ठले बताए । । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =