थोत्रा गाडीको मिति परिवर्तन गर्दै लिलामी गरिँदै

फागुन १२, कैलाली । कैलाली जिल्ला भन्सार कार्यालयले लिलाम बिक्रीका लागि सूचना निकालेका चार पाङ्ग्रे साना गाडीको मुल्याकंनमा प्राविधिक समितिले त्रुटी गरेको पाइएको छ । 

प्राविधिक समितिको मुल्याकंन पछि भन्सार कार्यालयले माघ १८ गते २१ दिनको म्याद राखेर लिलाम बिक्रीका लागि सूचना निकालेको थियो । सूचना अनुसार चार पाङ्ग्रे साना गाडीबारे जानकारी दिन राखिएको इन्जिन नम्बर, चेसिस नम्बर बनेको मितिमध्ये बनेको मितिमा त्रुटी पाइएको हो । 

भन्सार कार्यालयको सूचना अनुसार लिलाम बिक्री गर्न लागिएको होण्डा सिटी कार, महिन्द्रा बोलेरो जीप, मारुती सुजुकी कार, टाटा सेन्ट्रो कार र हुण्डाई कार मध्ये बोलेरो जीप बाहेक सबैको निर्माण भएको मितिमा हेरफेर गरिएको छ । 

null

गाडीमा रहेको इन्जिनमा भएको सूचना अनुसार २००७ मा निर्माण भएको होण्डा सिटी कारलाई २०१४ मा बनेको भन्दै सूचना निकालिएको छ । 

 

यस्तै २००६ मा बनेको मारुत सुजुकी कारलाई सन २०१२ मा बनेको भन्दै सूचना जारी भएको छ भने २००८ मा बनेको टाटा सेन्ट्रो कारलाई २०११ मा बनेको उल्लेख छ । यस्तै २००८ मै बनेको हुण्डाई कारलाई २०१० मा बनेको देखाइएको छ । बोलेरो जीपमा मात्रै गाडी निर्माण भएको बर्ष बारे इन्जिनमा भएको र सूचनामा प्रकाशित गरिएको विवरण मेल खान्छ । गाडी निर्माण भएको १० बर्ष अवधि पुरा भएपछि लिलाम बिक्री गर्न नपाइने प्रावधानका कारण लिलामका लागि गाडीहरु निर्माण भएको बर्ष बढाइएको बताइन्छ । 

तर कैलाली जिल्ला भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत कुमार गौतम भने प्राविधिक समितिले गरेको मुल्यांकनका आधारमा भन्सार कार्यालयले लिलाम बिक्रीका लागि सूचना निकालेको बताए । 

उनले मेकानिकल इन्जिनियरले गर्ने मुल्याकंनका आधारमा सूचना निकालिने बताए । यातायात ब्यवस्था कार्यालयमा मेकानिकल इन्जिनियर नभएपछि सडक बिभागको हेभी इक्वीपमेन्ट कार्यालय गोदावरीबाट मेकानिकल इन्जिनियर बोलाएर प्राविधिक मुल्याकंन गरिएको थियो । गौतमले गाडीमा कति जनाले टेण्डर हाले र अधिक्तम मुल्य कति आयो भन्ने बाहेक गाडीहरु दिने निर्णय नभएको जनाए । 

लिलाममा गाडी खरीद गर्न चाहनेहरुका निवेदन मात्रै आएकोले ती निवेदनहरु सदर नभएम्म कुनै प्रक्रिया शुरु नहुने गौतमको भनाइ छ । प्रमुख भन्सार अधिकृत विदामा रहेकोले उनी कार्यालयमा हाजिर हुने बित्तिकै बैठक बस्ने सदर गर्ने नगर्ने निर्णय हुने छ । 

१० बर्ष भन्दा लामो समय रहेका गाडीहरुले प्रदुषण बढाउने भएका कारण त्यस्ता गाडीहरुको लिलाम बिक्री गर्न नपाइने र कवाडी मुल्यमा लिलाम गर्नुपर्ने भएकोले प्राविधिक समितिलाई ती गाडीहरुमा निर्माण भएको बर्ष परिवर्तन गरी प्रतिवेदन दिन भनिएकोले समितिले सोही अनुसार प्रतिवेदन दिएको समाचार स्रोतले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *