उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी, तारेखमा रिहा

चितवन, ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा छाड्ने निर्णय गरेको छ । 

उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय भोग्न मञ्जुर रहेको बताएका थिए । 

 

null

वैठकले सुवेदीलाई फागुन १०, १४ र १८ गते तारेखमा राख्ने र भरतपुर महानगरपालिका ११ का प्रकाश आचार्यको जिम्मा लगाउने निर्णय समेत गरेको छ । उक्त बैठक पछि गरिएको निर्णयमा नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी, नेकपा ३ नम्बर प्रदेशका कमिटी सदस्य बद्रीप्रसाद तिमिल्सिना, नेकपा चितवनका नेता तेजेन्द्र खड्का, भरतपुर महानगर ३ का वडाध्यक्ष चन्द्र मित्र पण्डित, निरज सुवेदी र आरोपी सुवेदीको जिम्मा लिने प्रकाश आचार्यले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । 

सुवेदीले फेसबुक म्यासेन्जरमा ‘हजुरको टेबलमा आएको मुद्दा मात्र हेरिदिनुहोला, आँखा नघुमाउनु र हात नलम्काउनु, नत्र युवा संघ र अनेरास्ववियुलाई हात छोटो बनाउन आउँछ’ भन्दै धम्की दिएका थिए । 

यता, नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *