प्रदेश सभामा उठ्यो बाँदरको समस्या

फागुन १३, बिराटनगर । भारतबाट आएको विशेषज्ञ टोलीले खोटाङका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँदर व्यवस्थापनमा समस्या भएको एक नम्बर प्रदेशका सांसदहरुले बताएका छन् । जिल्लाका बिभिन्न गाउँमा बाँदरले आतंक मच्चाएपछि किसानहरुको सुरक्षाका लागि स्थानिय तहको प्रयासमा बाँदर नियन्त्रण अभियान चलाएको छ । 

टोलीले हालसम्म ६३ बाँदर नियन्त्रणमा लिइसकेको छ । जालमा परेका बाँदरलाई फलामे पिंजडामा थुनेर राखिएको छ । तर ठूलो संख्यामा समातिने बाँदरलाई कता लैजाने भन्ने अर्को समस्या सृजना भएको हो । 

नियन्त्रणमा लिइएका बाँदरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले उपाय खोज्नुपर्ने भन्दै प्रदेशसभा बैठकको शून्य समयमा खोटाङका साँसद रामकुमार राईले सरकारको गम्भीर ध्यानाकर्षण गराए । बाँदरको आतंकका कारण खोटाङबाट कयौं मानिसहरु बसाइँ सरेर हिंडिसकेकाले बसाई सराइलाई रोक्न स्थानिय सरकारले प्रयास थालेको भए पनि अहिले विशेषज्ञ टोलीको सहयोगमा समातिएका बाँदर कता लैजाने र के गर्ने भन्ने नयाँ समस्या देखिएको प्रदेश सरकारले तत्काल ध्यान दिन आग्रह गरे । 

null

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर नियन्त्रणकालागि १० लाख रुपैयाँ बजेट नै विनियोजन गरेर अभियान चलाएको छ । यो वर्षको जेठ महिनासम्म २ सय ५० ओटा बाँदर नियन्त्रण गर्ने योजनासहित भारतको उत्तरप्रदेशबाट दुईजना प्रशिक्षित शिकारी झिकाएर काममा लगाएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *