दुहवीमा मेलमिलाप केन्दको उदघाटन

फागुन १५, दुहवी ।  सुनसरीको दुहवी १२ स्थित पूर्व कुसाहामा वडा स्तरिय मेलमिलाप केन्द्रको उदघाटन भएको छ । 

 

दुहवी नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सुनिता दाहाल (साह) ले मेलमिलाप केन्द्रको समुद्घाटन गर्दै गाउँ तथा टोलमा सर्वसुलभ र सबैको पहुँचका लागि मेलमिलाप केन्द्र प्रभावकारी हुने विश्वास लिएको बताइन । उनले दुहवीको १२ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरि द्धन्द रहित समाजको निर्माण गर्न, विवाद, कलहलाई व्यवस्थापन गर्न मेलमिलाप केन्द्रको स्थापना गरिएको बताइन । 

null

मेलमिलाप केन्द्रले स्थानिय तहमा हुने विवाद र कलहलाई व्यवस्थापन गरी समुन्नत समाजको निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बताइन् । उनका अनुसार दुरदराजका नागरिकले सामान्य विवाद, झै–झगडालाई अदालतमा नपुर्याई स्थानिय तहमा नै मेलमिलाप केन्द्रमार्फत व्यवस्थापन गर्न सजिलो हुनेछ । उनले राज्यले अघि सारेको नितिमा रहेर मेलमिलाप केन्द्रलाई अघि बढाउने प्रतिबद्धता जनाइन् । 

कार्यक्रममा दुहवी वडा नम्वर १२ का वडाध्यक्ष खुसीलाल चौधरी, दुहवी न्यायिक शाखाका कालीदास भट्टराई, पूर्व मेलमिलाप केन्दका रामचन्द्र चौधरी, समाजसेवी शम्भु प्रसाद रेग्मी सहितले स्थानीयले आफ्नो समस्या आफैँ समाधान गर्न सक्ने अवस्थामा पुर्याउनका लागि समुदायमा हुने द्धन्द, कलहलाई मेलमिलाप केन्द्रको माध्यमबाट व्यवस्थापन गर्न सकिने जनाए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *