विद्युत पोलमा ठोक्किदा करेन्ट लागेर बालकको मृत्यु
२०७५ माघ २७ गते

माघ २७, दमौली । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
null
साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ ।
२०७५ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








