पर्यटनमन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटना
२०७५ फागुन १६ गते

फागुन १५, काठमाडौँ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छ ।
पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटना भएको हो ।
null
हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना रहेका बताइएको छ ।
हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।
२०७५ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








