स्वर्ण महोत्सव समपन्न


माघ २७, दुहवी । मोरङको बुढीगंगा ७ स्थित डंग्राहाको श्री लक्ष्मी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव आइतबार समपन्न भएको छ । स्वर्ण महोत्सव अन्तर्गत विद्यालयले विविध कार्यक्रम गरेको थियो ।
विद्यालयले ५० वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव समारोहमा स्र्वण स्तमभ धरहरा समेत निर्माण गरेको छ । माघ २५ गते देखि ३ दिन भएको स्वर्ण महोत्सवको समापन कार्यक्रमलाइ एक समारोहका बीच पूर्व सांसद डा.शेखर कोईरालाले सम्वोधन गर्दै प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखे । स्वर्ण महोत्सवमा जनचेतनामूलक लघु नाटक, सम्मान कार्यक्रम र मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
null
सो अवसरमा श्री लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, सदस्यहरु, सञ्चारकर्मीहरु प्रेम गिरी, अकवर अली, एलएन गच्छदार, संजय चौधरी, अनिस चौधरीलाइ सम्मान गरिएको थियो । स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पुरस्कार, बिभिन्न शिक्षक तथा कर्मचारीलाई पुरस्कार, चन्दादाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुती गरेका थिए । कार्यक्रममा बिशिष्ठ अतिथी समाजसेवी देवराज तामाङ, अतिथिहरु लगायतले मन्तव्य राखे । उक्त कार्यक्रममा कैलास विकास बैंकका इटहरी शाखा प्रमुख योगेन्द्र गच्छदारले कक्षा ११ का उत्कृष्ट विद्यार्थीहरुलाइ छात्रवृति दिने र कक्षा १० का विद्यार्थीहरुलाइ खेल सामाग्री उपलब्ध गराउँने प्रतिबद्धता गरे । स्वर्ण महोत्सव समापन कार्यक्रममा त्यहाँ स्थित स्टिल इँटा उद्योगले विद्यालयलाइ नगद रु ३५ हजार सहयोग गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंकज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथी सत्कार तथा स्वागत मन्तव्य प्रचार प्रसार समितिका संयोजक चनक चौधरीले राखे । कार्यक्रम उदघोषण श्री लक्ष्मी माविका प्रधान अध्यापक हरी प्रसाद खतिवडाले गरेका थिए ।
