२१ किलो चरेससहित राम, रमेश, सुकुराम र राजेन्द्र पक्राउ

फागुन १०, काठमाडौँ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई आज साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *