बिराटनगरमा आजदेखी ‘बिराट फुड फेस्टा–२०७५’

फागुन २, बिराटनगर । बिराटनगरमा बिहिबारदेखी ‘बिराट फुड फेस्टा–२०७५’ सुरु भएको छ । भाजु युवराज फाउण्डेसनको आयोजनामा उपभोक्तालाई खानाका विभिन्न परिकारहरुका स्वादको अनुभव प्रदान गर्न बिहिबारदेखी ३ दिने ‘विराट फुड फेस्टा–२०७५’ सुरु भएको हो । 

 

फुड फेस्टाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । सो अबसरमा बोल्दै मेयर पराजुलीले बिराटनगरमा प्रयाप्त स्थलहरु रहेकाले यस्ता कार्यक्रमहरु नियमित हुनुपर्नेमा जोड दिए । उनले बिराटनगर बिभिन्न संस्कृति तथा सम्पदाले भरिपूर्ण रहेकाले तिनको पहिचानका लागि यूवाहरुकै अग्रसरतामा यस्ताखाले कार्यक्रमहरु नियमित गरिनुपर्नेमा जोड दिए । 

null

उनले हाल बिराटनगरमा विकास निर्माणका कामहरु भइरहेको बताउँदै यसले केहि समय असहज परिस्थीति हुने बताए । कार्यक्रममा पर्यटन व्यवसायी भविष श्रेष्ठले फुड फेस्टामा थुप्रै परिकारका स्वाद लिन पाइने भएकाले सबैले फुड फेस्टामा आएर स्वादको अनुभव लिन आग्रह गरे । बिभिन्न प्रकारका खानाको स्टलहरु राखिएको इभेन्ट म्यानेजर जतिन ताम्राकारले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =