७८ लाख घूस लिएका पाठकलाई अख्तियारले अनुसन्धान गर्ने

 

फागुन ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई आयोगले छानविन गर्ने भएको छ । आयोगको कार्यालयमा प्रमुख आयुक्त नविन घिमिरे तथा अन्य आयुक्त र बरिष्ठ कर्मचारीहरु समेतको बैठकले राजिनामा दिएका आयुक्त पाठकले घूस खाएको सन्दर्भमा अनुसन्धान गर्ने भएको हो । 

आयोगको टंगाल कार्यालयमा बसेको बैठकले राजीनामा दिएका आयुक्त पाठकलाई अख्तियारले नै अनुसन्धान गर्ने बाटो खुलेको भन्दै अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

null

बैठकमा प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तहरु डा।गणेशराज जोशी, डा.सावित्री गुरुङ, अख्तियार सचिव महेश्वर न्यौपाने तथा बरिष्ठ कर्मचारी सहभागी छन् । 

नेपाल इन्जिनियरिङ कलेजको ब्यवस्थापन पक्षविचको विवादमा परेको मुद्दा तामेलीमा राखिदिने भन्दै आयुक्त पाठकले लम्बोदर न्यौपाने पक्षबाट दुई चरणमा ७८ लाख घूस लिएको र मुद्दा तामेलीमा नराखिदिएको आरोप छ । 

सो विषयमा नेपाल खबर, मकालु खबर लगायत विभिन्न सञ्चार माध्यमले भिडियो नै प्रकाशित गरेपछि संसदले शुक्रबारै पाठकलाई महाभियोग लगाउने तयारी गरेको थियो । तथापि, शुक्रबारै विहान उनले राष्ट्रपति कार्यालयमा राजिनामा बुझाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *