शास्त्रले भन्छ यी बारहरुमा कपाल नकाट्नु नत्र नत्र आयु घट्छ


फागुन ७ । शास्त्रले भन्छ कपाल काट्दा बार जुराएर काटेमा धेरै उत्तम हुन्छ । हामीले कपाल काट्दा बारहरुको ख्याल नगरी जुन पायो त्यही दिनमा कपाल काट्ने गछौँ यो एकदम अशुभ हो । थोरै व्यक्ति मात्र हुन्छ जो बार हेरेर मात्र कपाल काट्ने गर्दछ । पौराणिक मान्यताअनुसार कपाल काट्न हुने र नहुने दिन पनि फरक–फरक छन् । शास्त्रले भन्छ यसरी बार नहेरी कपाल काट्दा हाम्रो आयु घट्ने हुन्छ । कुन बार कपाल काट्दा कस्तो असर पर्छ तल केही बताईएको छ ।
आईतबारः आईबार कपाल खौरिँदा एक महिना आयु घट्न सक्ने, मंगलबार काट्दा आठ महिना आयु घट्ने र शनिबार काट्दा एक वर्ष आयु घट्ने मान्यता छ ।
null
त्यस्तै, सोमबार कपाल काट्दा सात महिना आयु बढ्ने, बुधबार पाँच महिना बढ्ने, बिहीबार कपाल काट्दा १० महिना र शुक्रबारः ११ महिना आयु बढ्ने मान्यता रहेको छ ।
यसो त साउन महिनामा कपाल काट्नै हुन्न । शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको पाईन्छ ।
‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ साउन महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’
