युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा लागुऔषध बरामद

माघ २८,महोत्तरी।   महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२३ बस्ने १६ वर्षीय सुनिलकुमार यादव र १६ वर्षीय रामजनम ठाकुर रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । 

गए राति जलेश्वर नगरपालिका–७ स्थित जिरोमाइलमा केही मानिस हो हल्ला गरिरहेको खबर पाएर जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएका प्रहरी टोलीले ती दुई युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद भएको थियो । 

प्रहरीले ती दुवै युवकको साथबाट १५ ग्राम लागुऔषध गाँजा र नाइटोभेट नामक लागुऔषध ट्याब्लेट थान ३७ बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =