नेविसंघप्रति गगन थापाको आक्रोशः भने, ‘सरकारी गाडी जलाउनु निन्दनीय’

माघ २०, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय कार्य भएको बताएका छन् ।
सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आइरहेका बेला नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।
null
नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’
नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए ।
उनीहरुले काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्याल, सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिव लगायतको गाडी नियन्त्रणमा लिएका थिए ।








