पशुको ज्यानमा मान्छेको टाउको राखेर अपमानित गर्न नदिने नै होः सञ्चारमन्त्री

 

फागुन १०, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । 

सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताए । 

null

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिए । 

‘सबैलाई थाहा छ, स्वतन्त्रताको सीमा हुँदैन, तर सबैलाई यो पनि थाहा छ, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न मिल्दैन,’ मन्त्री बाँस्कोटाले भने । 

फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा अश्लील र आपत्तीजनक कुराहरू राख्न सरकारले रोक लगाउने बताए । ‘यो व्यवस्थाले आलोचकलाई दण्डित गर्दैन । तर कुनै पशुको ज्यानमा कुनै चिनिएको मान्छेको टाउको राखेर पनि अपमानित गर्ने संस्कार र संस्कृति छुट नदिने नै हो । यसमा चित्त दुखेपनि के हुन्छ ?’, मन्त्री बाँस्कोटाले भने, ‘नदिने नै हो, तीनलाइ कारवाही हुन्छ । आज याद गर्नुपर्छ । यो कसैप्रति पूर्वाग्रह साध्नका निम्ति ल्याइएको होइन । यो व्यवस्था हाम्रो सामाजिक हिसाबले हो । छिमेकी देशहरुले पनि यस्ता ऐन कानुनहरु ल्याएकै छन् ।’ 

सामाजिक सञ्जाल कम्पनी दर्ता भएसँगै प्रयोगकर्तामाथि पनि सरकारले निगरानी गर्ने र आपत्तीजनक कुरा हटाउन लगाउने स्पष्ट पार्दै उनले भने, ‘भारत, जर्मनीलगायत देशमा कुनै आपत्तीजनक कुरा सामाजिक सञ्जालमा राखेको पाइएमा २४ घन्टाभित्र हटाउनु पर्ने व्यवस्था छ । हाम्रोमा बदला लिनका लागि मान्छेहरूले असत्य कुरा पोष्ट गरिरहेका छन्। त्यो हटाउ भनेर हामीले कसलाई कहाँ उजुरी गर्ने ? त्यसैले फेसबुक, ट्वीटरलाई नेपालमा कम्पनी दर्ता गर भनेको हो। प्रयोगकर्ता दर्ता हुनुपर्छ भनिएको होइन।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *