विराटनगरमा महालक्ष्मी महायज्ञ हुने

फागुन ६, बिराटनगर । यही फागुन १२ गतेदेखि विराटनगरको हाटखोला मैदानमा महालक्ष्मी महायज्ञ हुने भएकोछ । शिवशक्ति कल्याणी केन्द्र शाखा कार्यालय विराटनगरको आयोजनामा पूर्वाञ्चलमै पहिलो पटक महालक्ष्मी महायज्ञको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

 

महालक्ष्मीको मन्दिर निर्माणका लागि महायज्ञ गरिन लागेको महायज्ञ समितिकी मिना खड्काले जानकारी दिइन् । महायज्ञ संचालन गर्न ६ लाख लाग्ने बताइएको छ । अहिलेसम्म १ लाखको हाराहारीमा रकम संकलन भएको र बाँकी संकलन भएको रकम खर्च कटाएर मन्दिर निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । 

null

कृष्णप्रसाद गुरागाई को मुखराबृन्दबाट कथा बाचन गरिने छ भने माता कल्याणीको पनि सहभागीता रहने कार्यक्रममा जानकारी दिइएको थियो । फागुन १२ गते सोमबार विराटनगर सिंगिया खोलाबाट जलभरि विराटनगर बजार परिक्रमा गर्दे हाटखोला पुरानो हटिया लाग्ने ठाँउमा कलश स्थापना गरिनेछ । 

कथा बाचन बिहान १० बजेदेखि ३ बजेसम्म र ३ बजेदेखि माता कल्याणीको बाचन गरिने कार्यक्रममा जानकारी दिइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *