धरानमा सञ्चालनमा आयो सुविधा सम्पन्न तारे होटल ‘होटल गजुर प्यालेस’

माघ २५, धरान । पर्यटकीय नगरी धरानमा तारे होटल नभएको अवस्थामा आजबाट सुविधा सम्पन्न दुई तारे होटल गजुर सञ्चालनमा आएको छ । होटलको १ नं. प्रदेश सभाका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्दै धरानको पर्यटन प्रवद्र्धनमा होटलले टेवा दिने बताए । 

 

मन्त्री कार्कीले १ नं. प्रदेशमा होटल ब्यवसाय र पर्यटन ब्यवसायको संभावना अत्याधिक भएपनि राज्यले उचित निर्णय नलिँदा ब्यवसायीहरु मारमा परेको उल्लेख गर्दै अब प्रदेश सरकारले होटल तथा पर्यटन ब्यवसायका लागि ठोस योजना बनाएर अघि बढ्ने बताए । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए । 

null

 

धरानका युवा ब्यवसायी गोपाल आचार्यले सञ्चालन गरेको २ तारे गजुर प्यालेसमा सेवाहरु भने तीन तारे होटलका छन् । साँढे आठ करोड लगानीमा सञ्चालित होटलमा २८ ओटा आरामदायी रुमहरु रहेका छन् । तीन तारे होटल हुनका लागि ४५ वटा रुम हुनुपर्ने प्रावधान भएकोले तीन तारे भन्न नसकिएको भएपनि सेवा सुविधाका हिसाबले तीन तारे भन्दा कम नरहेको होटल सञ्चालक आचार्यको भनाई छ । 

 

होटलमा स्विट रुम, प्रिमियम डिलक्स रुम, एक्सक्ल्युसिभ डिलक्स रुम, सुपेरीयर डिलक्स रुम र टुइन डिलक्स रुम रहेका छन् । जसको मुल्य पनि सर्वसुलभ कायम गरिएको सञ्चालक आचार्यले बताए । ‘धरानको पर्यटन र होटल ब्यवसायमा केहि गरु भनेर होटल सुरु गरेको हुँ । हामीले सुलभ मुल्यमा स्तरीय सेवा दिने रणनीति अपनाएका छौं । हामीले प्रदान गर्ने सेवा तीन तारे होटलको भन्दा कम छैन’ उनले भने । 

होटल गजुर प्यालेसमा न्यूनतम ४ हजार ९ सय देखि अधिकतम १९ हजार ९ सयसम्म आवासको ब्यवस्था छ । ‘यो रेट भनेको पूर्वमा रहेका तारे होटलको भन्दा सर्वसुलभ हो ।’ सञ्चालक आचार्यले भने । 

 

होटलमा २ सय जनाको क्षमता भएको सेमीनार हल छ भने न्युनतम ४ सय जना अटाउने ब्यांकेट पार्टी हल पनि रहेको छ । यसैगरी होटलमा ६५ जना अट्ने रेष्टुरेष्ट ६५ समेत छ । भिआइपीका लागि अलग्गै लाउञ्जबार छ । होटल गजुर प्यालेसले खाद्यान्न परिकारका स्वच्छता अपनाउँदै स्तरीय र अनुभवी कुक तथा तालिम प्राप्त कर्मचारीको ब्यवस्था गरेको छ । 

नेपालका होटल ब्यवसायमा हस्पिटालिटीको कमी भइरहेको अवस्थामा होटल गजुरले भने होटल क्षेत्रमा लामो समयदेखि काम गरेका तथा होटल मेनेजमेन्ट अध्ययन गरेका कर्मचारी राखेको छ । ‘होटल जतीसुकै राम्रो र चिटिक्क भएपनि कर्मचारी राम्रा र मृदुभाषी भएनन् भने, पर्यटक आकर्षित हुन सक्दैनन्, त्यहि भएर हामीले अनुभवी र हस्पिटालिटी जानेका कर्मचारी राखेका छौं’ उनले भने । 

उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह, धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा होटल ब्यवसायी मनोज कुमार मेन्याङवो, नेपाली कांग्रेसका नगर सभापति तिलक राई, नेकपाका नेताहरु नारायण सुवेदी, चोत्लुङ लगायत धरानका उद्योगी, होटल ब्यवसायीहरुको उपस्थिति रहेको थियो । 

तस्विरहरूः भरतराज शर्मा 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *