अनट्रयाक एजुकेशन र ग्लोबल एजुकेटसको करियर गाईडेन्स् सेसन सम्पन्न

माघ २३, काठमाडौं । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा करियर गाईडेन्स् सेसनको आयोजना गरिएको छ । 

 

काठमाडौंमा पत्रकार सम्मेलन गरी पछिल्लो समयमा शिक्षा पद्दतिमा भइरहेको परिवर्तन, बजारको माग, अध्ययन र अनुसन्धानका नवीनतम् परिवर्तनका बारेमा प्रकाश पारिएको छ । करियर गाईडेन्स् सेसन नाम दिइएको यो अभियानमा विद्यार्थीहरुले अध्ययन सकिसकेपछिको अवसर, सुहाउँदो विषय र बजारको मागका बारेमा छलफल गरिएको थियो । 

null

फेब्रुवरी ३ देखि ८ सम्म सञ्चालन हुने करियर गाईडेन्स् सेसनमा विद्यार्थी र अभिभावकले भारतका उच्चस्तरीय विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट गर्न सक्ने छन् । पछिल्लो समयमा भारतीय विश्वविद्यालयहरूले २१ औँ शताब्दीलाई सुहाउँदो बजारमुखी र प्राविधिक शिक्षालाई सफलतापुर्वक सञ्चालन गरेको अनट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक संजित कनौजियाले जानकारी दिए । 

कार्यक्रमा एस आरएम युनिभर्सिटीका असोसिएट प्रोफेसर बिनित बजाज, बिएमएल मुन्जाल युनिभर्सिटीका एसोसिएट प्रोफेसर विनायक कल्लुरी, अनसल युनिभर्सिटीका भाइस चान्सलर डा. राज सिंहले सही करियर सुरु गर्नका लागि विद्यार्थीहरुले धेरै कुराको जानकारी लिनुपर्नेमा जोड दिए । जुन कुरा करियर गाईडेन्स् सेसनले प्रदान गर्ने प्रयास गरेको छ । 

त्यसरी नै बिभिन्न नेपाली कलेजहरुमा गई विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई कुन बिषय पढ्दा भविष्यमा राम्रो हुन्छ, बजारको माग अनुरुपको शिक्षा र २१ औं शताब्दीलाई सुहाउँदो ज्ञान, सिप र क्षमताले युक्त शिक्षा हासिल गर्नको लागि परामर्श दिनेछन् । आजकल ठूलो संख्यामा अध्ययनको लागि विद्यार्थीहरु भारत गइरहेको तर विद्यार्थीहरुले सबैकुरा नबुझिकन अध्ययनका लागि गएको हुनाले असहज भएकाले यस वर्ष बिभिन्न शैक्षिक संस्थामा गई विद्यार्थीलाई सो बिषयका बारेमा जानकारी गराउँन नेपाल आएको कुरा अनसल युनिभर्सिटीका भाइस चान्सलर डा. राज सिंहले जानकारी गराए । 

प्लस टु अध्ययन गरिरहेका विद्यार्थीहरुलाई भेटि भारत अध्ययनका बारेमा जानकारी, त्यस बिषयमा बजारको माग र विश्वविद्यालयको अध्ययनका बारेमा प्रकाश पार्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसकी बिजनेस डेभलपमेन्ट डाइरेक्टर गुन्जन चौधरीले बताइन् । 

कार्यक्रममा एस आरएम युनिभर्सिटीका असोसिएट प्रोफेसर बिनित बजाजले विश्वविद्यालय विश्वविद्यालयले प्रदान गर्ने शिक्षा एक्काइसौं शताब्दीको लागि उपयुक्त हुने र २५ भन्दा बढी राष्ट्रका विद्यार्थीहरुले आफ्नो विश्वविद्यालयमा अध्ययन अध्यापन गरिरहेको जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *