बर्नी स्यान्डर्स अमेरिकीराष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी

फागुन ५, वासिङ्टन । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गर्नुभएको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको भन्दै एउटा भिडियो सन्देश रेकर्ड गराउनुभएको छ । 

 

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन डेमोक्रेटिक पार्टीका तर्फबाट प्रभावशाली व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । तर उक्त भिडियो कहिले सार्वजनिक गरिनेछ भन्ने स्पष्ट भएको छैन । ७७ वर्षीय स्यान्डर्सले सन् २०१६ मा समेत पार्टीको प्राथमिक चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो तर उहाँ नेतृ हिलारी क्लिन्टनसँग पराजित भएका थिए। निकै राम्रो अवस्थामा रहे पनि अन्ततः क्लिन्टन डोनाल्ड ट्रम्पसँग पराजित हुनु पर्याे । 

null

ट्रम्पझैं स्यान्डर्स पनि पार्टीभित्रका उम्मेदवार हुनुहुन्थेन । चुनावी अभियान थालनी गर्दा स्वतन्त्र हैसियतमा रहेका स्यान्डर्स पछि डेमोक्र्याटिक पार्टीको प्राथमिक चुनावमा होमिएका थिए । 

सिनेटर स्यान्डर्सले युवा उदारवादी अमेरिकीहरुबाट व्यापक समर्थन प्राप्त गरेका थिए । उनले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, न्यूनतम ज्याला १५ डलर बनाउनुपर्ने तथा सरकारी विश्वविद्यालयको शिक्षा निःशुल्क उपलब्ध गराउनुपर्ने चुनावी एजेन्डा अगाडि सारेका थिए। 

स्यान्डर्सले सन् २००६ सम्म अमेरिकी तल्लो सदनमा सेवा गरेका थिए भने त्यसपघि उनी अमेरिकी माथिल्लो सदन सिनेटमा सदस्य चुनिए । सन् २०१२ र २०१८ मा उनी सिनेटरमा पुनः निर्वाचित भएका छन् । 

धेरै डेमोक्र्याटबीच उनकाे निकै लोकप्रिय भए पनि पार्टीका केही सदस्यले भने स्यान्डर्स झण्डै ७० वर्ष भएका र गोरा समुदायका भएकाले परिवर्तन आवश्यक रहेको बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *