आइएमई जनरल इन्स्योरेन्सको निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

फागुन २, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगरापालिका, सर्लाही बिच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । 

आइएमई जनरल इन्स्योरेन्सले हरिपुर नगरापालिका, सर्लाही सँग हरिपुर नगरपालिकाको सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती, सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा साथै व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका थिए । 

सम्झौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासी दाजु भाई तथा दिदी बहिनीहरुले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालीकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुघटना बीमा गराई आफना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुनेछ । 

null

सोही अवसरमा नगर प्रमुख श्री जमिरुद्धिन मन्सुरले आफूले आफना नगरावासी दाजुभाई तथा दिदी बहिनीहरुको भैतिक सम्पत्ती, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात नगरवासी दाजुभाई तथा दिदी बहिनीको सम्पत्तीको कुनै क्षेति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.संग संझौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरावासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *