बृहत कर्णाली एक्स्पो आजदेखि सुरु

 

कर्णालीका सम्भावना र खानीहरूको प्रदर्शनका लागि आयोजना गरिएको “बृहत् कर्णाली एक्स्पो” आज देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। 

एक्स्पोमा कर्णालीका दसै जिल्लाका पर्यटकीय सम्पदाहरु तथा त्यहाँका अर्गानिक उत्पादनलाई प्रदर्शनमा राखिएको छ। साथै सबै जिल्लाका मौलिक नाचहरु समेत प्रदर्शन गरिएको छ। 

null

एक्स्पोको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए भने कार्यक्रममा अतिथिको रूपमा प्रतिनिधि तथा प्रदेश सभाका सांसद, प्रदेश मन्त्री, कर्णाली प्रदेश अन्तर्गत विभिन्न पालिका प्रमुख तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले कर्णालीमा भएका विविध सम्भावनाहरूलाई विश्व सामु ल्याउन नेपाल सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। 

 

“बृहत कर्णाली एक्स्पो”का आकर्षणहरूमा कर्णालीका दसै जिल्लाका लोक संस्कृति (सरङ्ङ्या नाच, दमाहा, पैस्यारु नाच, हुड्के नाच), कर्णालीका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका आर्किटेक्चरल मोडेल, कृषि प्रदर्शनी (कर्णालीका विशेष कृषि उपज, जडीबुटी प्रदर्शनी साथै कर्णालीका अर्ग्यानिक परिकारहरूको टेस्ट जस्तै : मार्सी चामलको भात, च्याङ्ग्राको मासु एवम् बिर्यानी, कर्णाली हर्बल टि ), फोटो तथा भिडियो प्रदर्शनी, कर्णालीसँग सम्बन्धित पुस्तक, सन्दर्भ सामाग्रीहरूको प्रदर्शनी, खस भाषा तथा सभ्यता लगायत विभिन्न विषयमा अन्तरक्रिया रहेका छन् ।एक्सपोमा कर्णालीको ४ वटा अर्गानिक खानाको स्टल र १ बेकरी समेत छ। 

 

समृद्ध कर्णाली अभियानको आयोजना तथा सल्यानी युवा सञ्जाल लगायतको सह-आयोजनामा सञ्चालित तिन दिने एक्स्पो फागुन ५ गतेसम्म चल्ने संयोजक ओपेन्द्र शाहीले बताएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *