युभेन्ट्स १४ अंकको अग्रता लिन सफल

एजेन्सी । ईटालियन सिरि ए फुटलबमा युभेन्ट्सले १४ अंकको अग्रता लिन सफल भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लिगमा फराकिलो अग्रता बनाउन सफल भएको हो । 

क्रिस्टियानो रोनाल्डोको कर्नर पासलाई सदुपयोग गर्दै पाउलो ड्याबालाले छैटौ मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । 

१७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । रोनाल्डोले ६३ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । 

null

रोनाल्डोले सबै प्रतियोगितामा सिजनको २१ औ गोल गर्न सफल भएका छन् । 

 

युभेन्ट्सले २४ खेलबाट ६६ अंक जोेडेको छ । नापोलीको ५२ अंक छ । पराजित फ्रोसिनोनी १६ अंक सहित रेलिगेशन जोनमा पुछारदेखि दोस्रोमा छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *