१० किलो चरेशसहित दुई भारतीय पक्राउ

माघ २१, काठमाडौँ । पर्साको वीरगञ्जमा १० किलो चरेशसहित दुई जना भारतीय पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारतको रक्सौल बस्ने ३६ वर्षीय खुर्सेत अन्सारी र उत्तर प्रदेश प्रतापगढ बस्ने २३ वर्षीय महमद मिहिनोदिन रहेका छन् । 

नेपालबाट भारततर्फ जाँदै गरेका बेला उनीहरूलाई इनर्वास्थित प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६, शंकराचार्य गेटबाट नियन्त्रणमा लिएको हो । 

null

अभियुक्तहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *