अमलेखगञ्जको आयल निगम परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगम लिमिटेडको परिसरमा प्रभु बैंकको बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ। नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले बिहीबार बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे। 

प्रमुख अतिथि समेत रहेका यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए।कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए। 

अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएको जानकारी दिए। 

null

एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आप्mनै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने बताइएको छ। 

बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायत लाभान्वित हुने बैंकको विश्वास छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *